मध्य पहाडी राजमार्ग दैलेख खण्डमा ६५ किलोमिटर कालोपत्रे सम्पन्न

दैलेख : नेपाल सरकारको गौरवको आयोजना पुष्पलाल मध्य–पहाडी राजमार्गको दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटर सडक मध्ये गत आर्थिक वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
सडक निर्माण कार्यले तीव्रता पाएसँगै दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोट देखि पश्चिमको अछाम सम्मको यात्रा सहज र सरल भएको छ । सडक सञ्चालन भएसँगै स्थानीय उत्पादनहरू सहजै अन्तर जिल्लापुगेका छन् ।
चालु अर्थिक वर्षभित्र दैलेख जिल्लाको बाँकी ६० किलोमिटर सडक खण्ड कालोपत्रे सकिने छ । विनियोजन गरिएको ४ अर्ब बजेट मध्ये गत वर्षको वित्तिय प्रगति ६८ प्रतिशत रहेको पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना दैलेखका प्रमुख युवराज पोखरेलले जानकारी दिएका छन् । पोखरेलका अनुसार गत वर्ष मात्रै ४४ किलोमिटर सडक कालोपत्रेको काम सकिएको हो । यो आर्थिक वर्षमा दैलेख खण्डको सबै सडक कालोपत्रे सकिने र पक्की पुलको काम पनि प्रभावकारी रूपमा अघि बढ्ने बताए ।
दैलेखको पूर्वी क्षेत्र जाजरकोट जिल्लाको सुयाडाबाट सुरु भएको मध्य पहाडी राजमार्गले भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवीगाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका र आठबिस नगरपालिका हुँदै अछाम पुगेको छ । दैलेखका ५ वटा पालिकालाई प्रत्यक्ष रूपमा यातायातमा सहजता भएको छ ।
कर्णाली नदीमा पक्की पुल नभएपछि निकै लामो यात्रा गरेर सुदूरपश्चिमजानुपर्ने अधिकांश यात्रुहरूले अहिले दैलेखको राकमकर्णाली र अछामको बेलखेत हुँदै सुदूरपश्चिमको सहजयात्रा सुरु गरेका छन् ।
पहाडी जिल्लाहरूलाई सडक सञ्जालसँग जोडेर कृषि उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलालमध्य पहाडी राजमार्गले दैलेखको पर्यटन विकासमा समेत निकै महत्वपूर्ण योगदान दिने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार